वीरगन्ज — वीरगन्ज महानगरपालिका ले सडक विस्तार योजनाअन्तर्गत अतिक्रमित संरचनामा डोजर चलाउन थालेको छ।
गण्डक चोकदेखि भन्सार हुँदै मितेरी पुलसम्मका क्षेत्रमा राष्ट्रिय मापदण्डअनुसार सडक २५–२५ मिटर विस्तार गर्ने योजना अघि बढाइएको हो।
महानगरका अनुसार करिब १,२०० निजी संरचना र २९ सरकारी भवन हटाइने छन्।
सडक विस्तार अभियान पावरहाउस, घण्टाघर, माईस्थानलगायत क्षेत्र समेट्दै चरणबद्ध रूपमा अघि बढ्ने जनाएको छ।


