Friday, June 05, 2026
Home > स्थानीय समाचार > वीरगन्ज महानगर सेवा बन्द, साँचो मन्त्रालयलाई बुझाउने तयारी

वीरगन्ज महानगर सेवा बन्द, साँचो मन्त्रालयलाई बुझाउने तयारी

पर्सा — प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। महानगरले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कार्यालयको साँचो बुझाउने तयारी गरेको हो।

सरकारले पठाएका सहसचिवलाई महानगरले हाजिर गर्न नदिएपछि विवाद चार महिनादेखि जारी छ। महानगरले समन्वयबिना सरुवा गरिएको भन्दै असन्तुष्टि जनाएको छ।

सेवा अवरुद्ध हुँदा प्रशासनिक काम, विकास निर्माण र कर्मचारीको तलबसमेत प्रभावित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *