Friday, June 05, 2026
Home > मुख्य समाचार > सरकार : सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन

सरकार : सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा जबरजस्ती डोजर वा प्रहरी बल प्रयोग नगर्ने स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता तथा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि जानकारी दिँदै सुकुमबासीलाई बल प्रयोग गरेर होइन, सहमतिमा सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताए। उनका अनुसार हाल बाढी र जोखिमका कारण केही बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने प्रक्रिया अघि बढाइएको हो।

उनले सरकार सुकुमबासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक पहिचान र उचित व्यवस्थापन गर्ने तयारीमा रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *