काठमाडौं । पूर्वमन्त्री सञ्जयकुमार साह ‘टकला’ विरुद्धको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा पुनः सुनुवाइका लागि पेसीमा परेको छ।
न्यायाधीश बालकृष्ण ढकाल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पहिलो नम्बरमै सुनुवाइ हुने गरी मुद्दा तोकिएको हो।
यो मुद्दा करिब पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन छ। साहलाई विशेष अदालतले यसअघि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै कैद, जरिवाना र बिगो जफतको आदेश दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रतिवादी दुवैले उक्त फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन्।


