काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ले संघीयतामा सबै विषय प्रधानमन्त्रीसम्म पुग्ने वर्तमान अभ्यास अन्त्य हुनुपर्ने बताएका छन्।
ललितपुरमा आयोजित कार्यक्रममा उनले संघीयताको मर्मअनुसार अधिकार तलसम्म जानुपर्ने भन्दै कानुनी संरचनामा ठूलो सुधार आवश्यक रहेको बताए।
उनले विकास निर्माणका काममा मन्त्रालयबीचको समन्वय अभाव र अवरोधका कारण काम रोकिँदै आएको उल्लेख गर्दै कानुन परिवर्तन नगरे कार्यसम्पादन सम्भव नहुने धारणा राखे।


