Friday, June 05, 2026
Home > मुख्य समाचार > अक्षयतृतीया आज: सातु र सर्बतसहित पर्व मनाइँदै

अक्षयतृतीया आज: सातु र सर्बतसहित पर्व मनाइँदै

काठमाडौं । आज अक्षयतृतीया जौको सातु र सर्बत सेवन तथा दान गर्दै श्रद्धापूर्वक मनाइँदैछ। गर्मीमा शीतलता दिने आहारका रूपमा सातु र सर्बत खाने–खुवाउने परम्परा रहिआएको छ।

धार्मिक मान्यताअनुसार आजको दिन गरिएको दान, स्नान र शुभ कर्म अक्षय फलदायी हुन्छ। यसै दिन शिव–पार्वतीको विवाह भएको तथा विष्णुका विभिन्न अवतार प्रकट भएको विश्वास गरिन्छ।

देशभरका शिवालय, विशेषगरी पशुपतिनाथ मन्दिर र डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ। यस दिन बटुवालाई सातु–सर्बत खुवाउने र दान गर्ने चलन पनि विशेष मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *