काठमाडौं, जेठ १९ — मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका अन्जनी कुमार पोख्रेल लाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ।
बैठकले ओजोन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयनलाई स्वीकृति दिनुका साथै २०८२ भदौको घटनाबारे गठित अध्ययन समितिको म्याद ४५ दिन थप गरेको छ।
यस्तै, भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला सहित चार जनालाई नियुक्त गर्दै समितिलाई पूर्णता दिइएको छ।


