राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटा ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल को आदेशमाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनीहरूले प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न दिएको आदेश न्यायिक मर्यादाभन्दा बाहिर गएको आरोप लगाए।
सांसद बास्कोटाले “राजनीति गर्न मन भए कोट खोलेर आउनू” भन्दै मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाइन्।


