काठमाडौं । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षीले संसद् अवरुद्ध गरिरहँदा प्रधानमन्त्री भने मन्त्रिपरिषद् बैठकमा व्यस्त रहेको जनाइएको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार मन्त्रालय संख्या २५ बाट १८ मा झार्ने निर्णयपछि कुन मन्त्रालय गाभ्ने भन्ने विषयमा छलफल भइरहेका कारण प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसकेका हुन्।
विपक्षीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव पेस गर्न दिए पनि प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नदिएको कारण बैठक पटक–पटक स्थगित भएको थियो।
सभामुख डोलप्रसाद अर्यालले संवादमार्फत सहमति खोज्ने प्रयास गरे पनि विवाद समाधान हुन सकेन।


