Friday, June 05, 2026
Home > मुख्य समाचार > सय रुपैयाँको भन्सार सीमा: भारतको प्रतिक्रिया

सय रुपैयाँको भन्सार सीमा: भारतको प्रतिक्रिया

काठमाडौं । रणधीर जयसवाल ले नेपाल–भारत सीमामा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार लगाउने व्यवस्था नयाँ नभएको बताएका छन्। उनका अनुसार नेपालले पुरानै नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको हो।

उनले यस्तो कदमले अनौपचारिक व्यापार र तस्करी नियन्त्रणमा सहयोग पुग्ने बताए। व्यापारिक प्रयोजनका लागि ल्याइने सामानमा भन्सार लाग्ने भए पनि व्यक्तिगत प्रयोगका सामानमा भने छुट रहने स्पष्ट पारे।

नेपाल सरकारले २०८० सालमै १०० रुपैयाँभन्दा माथिका वस्तुमा अनिवार्य भन्सार लागू गर्ने नीति ल्याएको थियो, जुन अहिले कडाइका साथ कार्यान्वयनमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *