काठमाडौं । सरकारले विदेशस्थित १५ अवैतनिक (अनररी) दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देश र सहरमा कार्यरत कन्सल तथा कन्सल जनरलहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
पदमुक्त हुने स्थानहरूमा अमेरिकाका क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिडुनी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जाकर्ता, इजरायलको रेहोवोट सिटीका छन् ।
यस्तै, साइप्रसको निकोसिया, जर्मनीका एनआरडब्ल्यू, ब्रेमिन र लोवर स्याक्सोनी र वार्सा, स्लोभेनिया र माल्टास्थित अवैतनिकदूतलाई पनि पदमुक्त गरिएको छ ।
मन्त्रालयका अनुसार सेवाको आवश्यकता र औचित्यका आधारमा नियमावलीअनुसार उक्त निर्णय गरिएको हो।


