काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापन निजी मिडियामा नदिने निर्णयविरुद्ध चरणबद्ध दबाब अभियान सुरु गरेको छ।
महासचिव रामप्रसाद दाहाल का अनुसार सरकारसँगको पहल सफल नभएपछि चैत २५ देखि विभिन्न छलफल र ज्ञापनपत्र कार्यक्रममार्फत दबाब बढाइनेछ।
महासंघले उक्त निर्णयलाई स्वतन्त्र पत्रकारिता र निजी मिडियाको हितविरुद्ध भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।


