काठमाडौं – गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोलामा अवैध रूपमा सञ्चालन भइरहेका सबै क्रसर उद्योग तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्।
उनले भने, “नदीजन्य पदार्थ (ढुंगा, गिटी र बालुवा) अवैध उत्खनन् गर्दा बाढी र पहिरोको जोखिम बढ्छ।” २०७८ असोजमा रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका करिब २५ किमी क्षति पुर्याएको थियो। गुरुङले अब कुनै राजनीतिक सेटिङका आधारमा अवैध क्रसर सञ्चालन नहुने पनि स्पष्ट पारे।


