महान्यायाधिवक्ता डा. नारायणदत्त कडेललाई पदबाट हटाउन माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा बुधबार दर्ता भएका रिटहरूको प्रारम्भिक सुनुवाइ हुने गरी मुद्दा ‘ञ’ नम्बरमा राखिएको हो।
रिटमा कडेलको नियुक्ति संविधानअनुसार नभएको दाबी गर्दै आवश्यक १५ वर्ष वकालत अनुभव नभएको लगायतका आधारमा उनलाई पदबाट हटाउन आदेश माग गरिएको छ।


