Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं — प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि मंगलबार सदनमा अवरोध भएको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा एमाले सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्री बिना छलफल अगाडि बढ्न नसक्ने अडान लिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री आउँदै गरेको जानकारी दिए पनि सांसदहरूले सरकार सदनप्रति जवाफदेही नभएको भन्दै विरोध जनाएका थिए। यसअघि रास्वपा सांसद अमरेशकुमार सिंहले पनि अर्थमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *