भैरहवा — लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीले रूपन्देहीका सीमावर्ती प्रहरी चौकीहरूको निरीक्षण गर्दै सीमा सुरक्षालाई थप कडा बनाउन निर्देशन दिएका छन्। उनले चोरीपैठारी, मानव तस्करी, लागुऔषध ओसारपसार लगायत गतिविधि नियन्त्रणका लागि नियमित गस्ती र चेकजाँच प्रभावकारी बनाउन जोड दिएका हुन्।


