काठमाडौं । सुकुम्बासी अवस्थालाई हिटलरको ग्यास चेम्बरसँग तुलना गरिएको अभिव्यक्तिप्रति सांसद सुशान्त वैदिकले नियमापत्ति जनाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो तुलना असंसदीय, असंवेदनशील र ऐतिहासिक नरसंहारप्रति अपमानजनक भएको टिप्पणी गरे।
उनले उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन पनि माग गरेका छन्।


