Friday, June 05, 2026
Home > मुख्य समाचार > सुकुम्बासी व्यवस्थापन तीव्र, रंगशालामा विवरण संकलन बढ्यो

सुकुम्बासी व्यवस्थापन तीव्र, रंगशालामा विवरण संकलन बढ्यो

काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा लगायतका बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका सुकुम्बासीहरू अहिले फेरि सम्पर्कमा आउन थालेका छन्।

सरकारले दशरथ रंगशालामा हेल्प डेस्क स्थापना गरी उनीहरूको विवरण संकलन गरिरहेको छ। आइतबार दिउँसोसम्म ३११ परिवारले आफ्नो विवरण दर्ता गराएका छन्।

उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिले छुट्टाछुट्टै डेस्कमार्फत फारम भराइरहेका छन्। विवरण संकलनपछि उनीहरूलाई पाँचवटा होल्डिङ सेन्टरमा स्थानान्तरण गरिनेछ।

स्वास्थ्य परीक्षण र खानाको व्यवस्था समेत गरिएको छ भने व्यवस्थापनको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *