काठमाडौं, १३ वैशाख। स्पेनमा बसोबास गर्ने नेपालीका लागि कागजात कानुनीकरण (लिगलाइजेसन) सेवा काठमाडौंस्थित स्पेनी महावाणिज्य दूतावासबाट हटाएर भारतको नयाँ दिल्ली सारिएको छ।
महावाणिज्य दूतावासका अनुसार अब नेपाली कागजातको प्रमाणीकरण र सम्बन्धित प्रक्रिया नयाँ दिल्लीस्थित स्पेन दूतावासको कन्सुलर शाखाबाट हुने भएको हो। यससँगै आवेदकहरूले कागजात बोकेर दिल्ली जानुपर्ने र अन्तर्वार्तासमेत त्यहीँ दिनुपर्नेछ।
स्पेनले ‘एक्स्ट्राअर्डिनरी रेगुलेसन २०२६’ कार्यक्रममार्फत गैरकानुनी आप्रवासीलाई कानुनी बसोबास दिने प्रक्रिया अघि बढाइरहेको छ। आवेदन दिन धेरै कागजात प्रमाणित गर्नुपर्ने भएकाले यो निर्णयले नेपालीलाई थप झन्झट बढाएको छ।


