काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक नेप्से १०.०७ अंकले घटेको छ।
बिहीबारको कारोबारपछि बजार २७३०.१७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। यस दिन ८० कम्पनीको मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्य घटेको छ।
कुल ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने ७९ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।
समूहगत रूपमा लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र ट्रेडिङ उपसमूहमा वृद्धि देखिए पनि अधिकांश सूचकमा गिरावट आएको छ।


