कपिलवस्तु — महाराजगन्ज नगरपालिका २, बरगदामा चैत ७ गते सुरक्षाकर्मीको गोली लागेर घाइते भएका २३ वर्षीय जितेन्द्र यादव सोमबार उपचारका क्रममा मृत्यु भएका छन्।
मृतकको परिवारले राहत र न्यायोचित क्षतिपूर्ति माग गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। संघीय सांसद, प्रदेशसभा सदस्य र पूर्व सांसदहरूले पनि मृतकलाई सहिद घोषणा गरी पीडित परिवारलाई सहयोग र घाइतेको उपचार सुनिश्चित गर्न आग्रह गरेका छन्।
मृतकको शव अझै दाहसंस्कारका लागि तयारी हुन सकेको छैन, परिवार र प्रशासनबीच सहमति नजुटेको कारण शव तौलिहवास्थित कपिलवस्तु अस्पतालमा राखिएको छ।


