Friday, June 05, 2026
Home > स्थानीय समाचार > पाथीभरामा भक्तजनको भीड, होटल अग्रिम बुकिङमा मात्र यात्रा गर्ने सुझाव

पाथीभरामा भक्तजनको भीड, होटल अग्रिम बुकिङमा मात्र यात्रा गर्ने सुझाव

ताप्लेजुङ — प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार ४,७३६ जना भक्तजनले दर्शन गरेका छन्। तीन हजार ७९४ मिटर उचाइमा रहेको मन्दिरमा हाल दर्शनार्थीको संख्या बढ्दो छ।

पाथीभरा क्षेत्र विकास समितिले काफ्लेपाटी, फेदी लगायतका होटलहरूमा अग्रिम बुकिङ गरेपछि मात्र यात्रा गर्न भक्तजनलाई आग्रह गरेको छ, ताकि होटल खचाखच नहोस्। देशभरका साथै भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बङ्गालबाट पनि भक्तजन आउँदैछन्।

पछिल्ला दिनमा मौसम सफा भएसँगै दर्शनार्थीको चाप बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *