काठमाडौं । व्यवसायी सुलभ अग्रवालको गैरकानुनी थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।
न्यायाधीश शान्तिसिंह थापाको इजलासमा भएको सुनुवाइपछि आदेशको तयारी भइरहेको छ।
सुलभलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ गरिएको थियो। उनका बुवाले थुना गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
हाल उनलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।


