पेट्रोलियम संकटको अनिश्चितताले नेपाली अटो बजारमा नयाँ लहर ल्याएको छ। अन्तर्राष्ट्रिय राजनीतिक तनाव र पेट्रोलियम आपूर्ति संकटका कारण, उपभोक्ताले विद्युतबाट चल्ने सवारी (ईभी) तर्फ आकर्षण देखाउन थालेका छन्। पछिल्लो दुई सातामा सोरुमहरूमा ईभी बारे सोधखोज र बुकिङ गर्नेहरूको संख्या उल्लेख्य वृद्धि भएको व्यवसायीहरूको भनाइ छ।
पेट्रोलियम मूल्य वृद्धिले उपभोक्तालाई ईभीलाई सुरक्षित विकल्पको रूपमा लिन प्रेरित गरेको छ। अब अटो बजारमा ईभीको मागमा तीव्रता आएको छ।


