काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आफूहरू निलम्बन भोग्न पनि तयार रहेको बताएका छन्।
संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई प्रश्न सोध्न नदिने गरी सभामुखले रुलिङ गरेको आरोप लगाए। त्यसको विरोध निरन्तर रहने उनको भनाइ छ।
साम्पाङले सुकुम्वासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा सरकारबाट स्पष्ट जवाफ नआएकाले संसद्भित्र विरोध गर्न बाध्य भएको बताए। उनले सरकार जनताप्रति जवाफदेही नभएको भन्दै त्यसको मूल्यांकन जनताले गर्ने टिप्पणी गरे।


