आर्थिक संकट र कच्चा पदार्थ अभावका कारण प्रभावित हुँदै आएको हेटौँडा सिमेन्ट उद्योग लाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ।
उद्योग बारम्बार बन्द–खुल्ने अवस्थाले उत्पादन निरन्तरता पाउन नसकेको भन्दै नियमित सञ्चालनका लागि सरकारी तथा प्रदेश तहमा पहल भइरहेको छ।
उद्योग प्रशासनका अनुसार कोइला र अन्य कच्चा पदार्थको अभाव तथा पुरानो बक्यौता रकम नतिर्दा उत्पादन ठप्प हुने जोखिम बढेको छ। हाल करिब ३ सयभन्दा बढी कर्मचारी कार्यरत उद्योगले आर्थिक र व्यवस्थापकीय सुधार आवश्यक रहेको जनाएको छ।


