काठमाडौं — इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गर्दै होर्मुज जलमार्ग क्षेत्रमा दुई जहाजलाई निशाना बनाएको आरोप लगाएको छ। इरानी सेनाले नागरिक क्षेत्र र तेल ट्यांकरमा आक्रमण भएको दाबी गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्डले भने इरानको आक्रमण निस्तेज पार्दै आत्मरक्षामा जवाफी कारबाही गरिएको जनाएको छ। अमेरिकी पक्षले आफ्ना जहाजहरू सुरक्षित रहेको र इरानी सैन्य संरचनामा क्षति पुगेको दाबी गरेको छ।


