Friday, June 05, 2026
Home > स्थानीय समाचार > मोरङमा चट्याङ लागेर दुई महिला घाइते, एकको अवस्था गम्भीर

मोरङमा चट्याङ लागेर दुई महिला घाइते, एकको अवस्था गम्भीर

मोरङका पथरीशनिश्चरे र धनपालथान क्षेत्रमा चट्याङ लागेर दुई महिला घाइते भएका छन्।

पथरीशनिश्चरे–२ की ४६ वर्षीया जानुका रेग्मी भान्साको बाहिर उभिएको बेला चट्याङ लागेर घाइते भएकी छन्। उनको उपचार मदन भण्डारी अस्पतालमा भइरहेको छ र अवस्था सामान्य रहेको छ।

त्यस्तै, धनपालथान–२ की ३० वर्षीया भाल्सा देवी ऋषिदेव घरमै बसिरहेको बेला चट्याङ लागेर गम्भीर घाइते भएकी छन्। उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *