Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > १०० रुपैयाँमाथिको सामानमा कर विवाद : सर्वोच्चले सरकारसँग कारण माग्यो

१०० रुपैयाँमाथिको सामानमा कर विवाद : सर्वोच्चले सरकारसँग कारण माग्यो

काठमाडौं । नेपाल–भारत सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार शुल्क लिने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले निर्णयबारे स्पष्टिकरण माग गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि मुद्दा अघि बढाएको हो।

रिटमा यो नियमलाई अव्यवहारिक भन्दै सीमावर्ती नागरिकलाई दैनिक उपभोग्य सामान ल्याउँदा समस्या भएको दाबी गरिएको छ।

अन्तरिम आदेशमार्फत मुद्दा टुंगिनुअघि यस्तो कर नलगाउन पनि माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *