काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिट सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राख्दै शुक्रबारका लागि निरन्तर सुनुवाइ तोकेको छ।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबार सुनुवाइ भएको हो। पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्णयविरुद्ध रिट दायर गरेका छन्।
देउवा पक्ष र सरकारी वकिलको बहस सकिएको छ भने अब थापा पक्षको प्रतिरक्षा र जवाफी बहसपछि सम्भवतः शुक्रबार नै आदेश आउने अपेक्षा गरिएको छ।


