Saturday, June 13, 2026
Home > राष्ट्रिय समाचार > आरक्षण कमजोर भए दलितको प्रतिनिधित्व झन् घट्ने चेतावनी

आरक्षण कमजोर भए दलितको प्रतिनिधित्व झन् घट्ने चेतावनी

काठमाडौं । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले आरक्षण प्रणाली कटौती गरिए दलित समुदायको कर्मचारीतन्त्रमा सहभागिता न्यूनतम स्तरमा झर्ने बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा उनले संविधान जारी भएको एक दशक बितिसक्दा पनि मौलिक हकसम्बन्धी आवश्यक कानुन नबन्नु दुःखद रहेको बताए। परियारले राजनीतिक परिवर्तनमा दलित समुदायको महत्वपूर्ण योगदान रहे पनि राज्यका संरचनामा अझै पर्याप्त प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै समावेशी नीतिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *