सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट प्रहरीले २ सय केजी गाँजा बरामद गरेको छ।
बुधबार राति गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको हो।
प्लास्टिकका आठ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


