धरान — सुनसरीको धरान उपमहानगरपालिका–१३ फुस्रेबाट प्रहरीले ३० किलो अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
बिहीबार बिहान कोशी प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटको संयुक्त टोलीले संखुवासभा सिलिचोङ गाउँपालिका–४ का २० वर्षीय सन्दिप राईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेका राईको झोला जाँच गर्दा भित्र लुकाएर राखिएको ३० किलो गाँजा फेला परेको हो। पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


