Friday, June 05, 2026
Home > स्थानीय समाचार > बाहुनडाँगीमा हात्ती आतंक, किसान त्रसित

बाहुनडाँगीमा हात्ती आतंक, किसान त्रसित

बाहुनडाँगी क्षेत्रमा भारतबाट आएका जंगली हात्तीका बथानले पाकेको मकै र सुपारी बाली नष्ट गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्। एक सातायता राति ३०–४० वटा हात्ती नेपाल प्रवेश गर्ने गरेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

हात्ती नियन्त्रणका लागि सुरक्षाकर्मी, वनकर्मी र रेपिड रेस्पोन्स टोली परिचालन गरिएको छ। क्षति न्यूनीकरण गर्न सौर्य तारबार मर्मत, ट्र्याक्टर परिचालन र राति आवतजावतमा रोक लगाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *