इनरुवा — हरिनगर–१ मा गए राति ट्याक्टरले मोटरसाइकल ठक्कर दिँदा २५ वर्षीय दीपक दास घाइते भएका थिए। उपचारको क्रममा उनको मृत्यु भएको छ भने अर्का घाइते मिथुन दासको विराटनगरमा उपचार भइरहेको छ।
सवारी दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ, तर चालक हाल फरार छ र खोजी भइरहेको प्रहरीले जनाएको छ।


