Tuesday, March 17, 2026
Home > स्थानीय समाचार > मोरङको हुलाकी सडक निर्माण अधुरो: बजार क्षेत्र समस्यामा

मोरङको हुलाकी सडक निर्माण अधुरो: बजार क्षेत्र समस्यामा

मोरङ — हुलाकी सडकको रतुवामाई–सुनवर्षी मुख्य बजार क्षेत्रमा निर्माण कार्य अधुरो छ। नाला र पेटी त बने पनि सडकको ६ मिटर बीचको भाग पिच नभएको कारण बजार क्षेत्रमा धुलो, हिलो र दुर्घटनाको जोखिम बढेको छ।

स्थानीयले सडकको खाली ठाउँमा ढुङ्गा, गिट्टी र दाउरा राख्दै आएका छन्। जनप्रतिनिधि र सम्बन्धित निकायले यस विषयमा पर्याप्त ध्यान नदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *