काठमाडौं — रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार भए पनि सांसदहरूले गलत कदमबारे प्रश्न उठाउन र औँलो ठड्याउनुपर्ने बताएका छन्।
उनले नवनिर्वाचित सांसदलाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै कानुन बनाउने, सरकारी कामको समीक्षा र अनुगमन गर्ने जिम्मेवारी याद दिलाए। स्वर्णिमले आ-आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दा बुलन्द ढङ्गले उठाउन र नीति, विकास तथा सामाजिक–आर्थिक मामिलामा ध्यान दिनुपर्ने बताए।
उनले पार्टीले जनताबाट अभूतपूर्व समर्थन पाएको भन्दै जनअपेक्षाअनुसार काम गरेर देखाउनुपर्नेमा जोड दिएका छन्।


