काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले आजदेखि दुई दिन देशभर भिटामिन ‘ए’ अभियान सञ्चालन गरेको छ।
६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १–५ वर्षका करिब २० लाखलाई जुकाविरुद्धको अलबेन्डाजोल खुवाइँदैछ।
कार्यक्रमका लागि देशभर खोप केन्द्र स्थापना गरी हजारौं स्वास्थ्यकर्मी र महिला स्वयंसेविका परिचालन गरिएका छन्।
यस अभियानले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कुपोषण र आँखा सम्बन्धी समस्या घटाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।


