Wednesday, March 18, 2026
Home > स्थानीय समाचार > रामेछापमा दशकयताकै भयानक हावाहुरी: विद्यालयका छाना उडे, विद्युत सेवा ठप्प

रामेछापमा दशकयताकै भयानक हावाहुरी: विद्यालयका छाना उडे, विद्युत सेवा ठप्प

रामेछाप — सोमबार साँझ चलेको तीव्र हावाहुरीले जिल्लाका घर, सार्वजनिक भवन र विद्यालयका छानामा व्यापक क्षति पुर्‍याएको छ। दोरम्बाशैलुङ–२ को काकलिङ माविको छानो पूर्ण रूपमा उडेको छ भने सुनापति–५ बालमावि र अन्य संरचनासमेत प्रभावित भएका छन्। हावाहुरीका कारण जिल्लाभर विद्युत सेवा पनि अवरुद्ध भएको छ। मन्थली प्रसारण केन्द्रका अनुसार सिन्धुली र दोलखाबाट आएको लाइनमा ‘फल्ट’ देखिएपछि सेवा बन्द भएको हो र प्राविधिक टोलीले समस्या पहिचान गर्न काम गरिरहेको छ। स्थानीयले यो १० वर्षयताकै सबैभन्दा ठूलो हावाहुरी भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *