हुम्लाको सिमकोटमा हप्तौंंदेखि खानेपानी अभाव भएपछि स्थानीय महिलाहरूले जिल्ला प्रशासन कार्यालयको गेट बाहिर घेराउ गरेका छन्। गाउँपालिका र सम्बन्धित निकायलाई समस्या समाधानको लागि पटक–पटक अनुरोध गरिए पनि सुनुवाइ नभएको गुनासो उनीहरूले गरेका छन्। स्थानीय उद्गम बुढा भन्छन्, “पानी नपाउँदा अरूको धारामा जान बाध्य हुनुपर्यो।”


