काठमाडौं – रवि लामिछाने विरुद्धको अभियोगपत्र संशोधन निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासमा बहस नसकिएपछि मुद्दा बिहीबारका लागि सारिएको हो। एक अधिवक्ताको जवाफी बहस बाँकी रहेकाले त्यसपछि फैसला आउने सम्भावना छ।
महान्यायाधिवक्ता सविता भण्डारी को निर्णयविरुद्ध परेको यो रिटमा अभियोगपत्र संशोधन बदर गर्न माग गरिएको छ।


