Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > दुई जनाको वैदेशिक रोजगारीको झूटो प्रलोभनमा ठगी, ३८.७५ लाख रकम बरामद

दुई जनाको वैदेशिक रोजगारीको झूटो प्रलोभनमा ठगी, ३८.७५ लाख रकम बरामद

काठमाडौं — ग्रीस र स्पेन पठाइदिन्छु भनी ३८ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेको रोशी–६ घर भई काठमाडौं–३ नागार्जुन बस्ने ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र सिराहा–३ घर भई काठमाडौं–३१ बस्ने २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन्।

तामाङले ग्रीस पठाइदिन्छु भन्दै तीन जनाबाट २५ लाख र यादवले स्पेन पठाइदिन्छु भनी पाँच जनाबाट १३ लाख ५० हजार लिएका थिए।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *