संखुवासभा — संखुवासभा को मादी नगरपालिका–४ मा ४९ वर्षीया मायाकुमारी भुजेल आफ्नै घर नजिक मृत अवस्थामा फेला परेकी छन्।
स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।


