डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको करिब ३५ क्विन्टल पदमचाल जडीबुटीसहित चार जनालाई नेपाली सेनाको संयुक्त टोलीले पक्राउ गरेको छ। छापामा दुई ट्याक्टर समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा नरेश बुढा, एलिश बुढा, कृष्ण विक र विकास रोकाया छन्। उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ। निकुञ्ज प्रशासनका अनुसार जडीबुटी अनुमति बिना सङ्कलन र जिल्ला बाहिर पठाउने तयारीमा रहेकाले कारबाही गरिएको हो।


