Friday, June 05, 2026
Home > स्थानीय समाचार > कक्षा १२ परीक्षामा अनियमितता, २० केन्द्राध्यक्षलाई स्पष्टीकरण

कक्षा १२ परीक्षामा अनियमितता, २० केन्द्राध्यक्षलाई स्पष्टीकरण

कक्षा १२ को जारी परीक्षामा मर्यादा उल्लंघन र चिट चोराउने गतिविधि बढेको आशंकापछि मोरङमा २० जना केन्द्राध्यक्षलाई स्पष्टीकरण सोधिएको छ। राष्ट्रिय परीक्षा बोर्डले २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको छ।

निरीक्षणका क्रममा केही केन्द्रमा संगठित रूपमा चिट प्रयोग भएको आशंका गरिएको छ। प्रहरीले आर्थिक लेनदेनसहित ‘सेटिङ’ भएको हुन सक्ने भन्दै अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *