Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > न्यूयोर्क विमान दुर्घटना: ठक्करपछि जहाजको नोज उड्यो, दुई पाइलटको ज्यान गयो

न्यूयोर्क विमान दुर्घटना: ठक्करपछि जहाजको नोज उड्यो, दुई पाइलटको ज्यान गयो

एयर क्यानडाको विमान ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ। धावनमार्गमा गुडिरहेको दमकलसँग ठोक्किँदा विमानको अगाडिको भाग (नोज) उछिट्टिएको थियो।

न्यूयोर्कमा भएको उक्त दुर्घटनामा ककपिटमा रहेका दुई पाइलटको मृत्यु भएको पुष्टि भएको छ। मोन्ट्रियलबाट आएको ‘एयर क्यानडा एक्सप्रेस’ उडानले उद्धारमा जाँदै गरेको दमकललाई ठक्कर दिएको जनाइएको छ।

दुर्घटना गम्भीर भएकाले अधिकारीहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *