सुनसरीको इनरुवा मा २१० फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको छ।
ग्रिन सिटी पार्कमा राखिएको झण्डा पाथीभरा देवी मन्दिर निर्माणसँग जोडिएको विशेष कार्यक्रममा पञ्चेबाजाको धुनसहित फहराइएको थियो।
निर्माणाधीन पाथीभरा मन्दिर र झण्डा सहितका संरचनाले इनरुवाको पर्यटन र विकासमा योगदान पुग्ने डीएन ग्रुपले विश्वास व्यक्त गरेको छ।


