काठमाडौं – ठमेल क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा २० जना युगान्डाका महिलालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरूलाई काठमाडौं–२६ फायरचोकबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


