काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आधार मानी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ।
विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक यात्रुवाहक सवारीमा ११.३३%, पहाडी मालवाहकमा १४.२९% र तराई मालवाहकमा ८.८१% भाडा वृद्धि प्रस्ताव गरेको छ।


