नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा बुधबार दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३५ वर्षीय फूलमान तामाङको घटनास्थलमै मृत्यु भएको हो।
सडक निर्माणमा संलग्न ललितपुरका २४ वर्षीय एक्स्काभेटर चालक अमृत तामाङ भने पहिरोमा पुरिएर बेपत्ता छन्। उनको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले गरिरहेका छन्।


